आज ललितपुर र पोखरा खेल्दै
काठमाडाैं | पुस १२, २०८०
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।
आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो।
पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै, उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

